कोरोना संक्रमणका कारण एसईई र कक्षा १२ को परीक्षा स्थगित

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  150 पटक हेरिएको

काठमाडौँ, वैशाख २७ ।  

यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

‘कोरोना महामारीका कारण परिस्थिति जटिल बन्दै गइरहेकाले परीक्षा गराउन सम्भव नभएपछि अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गर्ने निर्णय गरिएको छ,’ बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले संचारकर्मीलाई जानकारी गराए ।

बोर्डले यसअघि एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो ।

अबको १५ दिनभित्र बोर्डका सदस्यहरुले परीक्षा मोडल तयार गरेर बोर्डलाई बुझाउनुपर्ने र त्यही अनुसार परीक्षा मोडल सार्वजनिक गर्ने डा। पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार