नेपाली भूमीमा हस्तक्षेप नगर्न नेकपा दुई अध्यक्षको भारतलाई चेतावनी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  567 पटक हेरिएको

vision-online-advertise
काठमाडौं, बैशाख २७ ।  

भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेर नेपालको सार्वभौमसत्तामा आँच पुऱ्याएको भन्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले संयुक्त विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् । सत्तारुढ नेकपाका अध्यक्षद्वयको संयुक्त हस्ताक्षरमा शनिबार साँझ जारी विज्ञप्तिमा भारतको कदमप्रति आपत्ति जनाइएको छ । प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली अर्का अध्यक्ष प्रचण्डले शनिबार जारी गरेको संयुक्त वक्तब्यमा कोरोना भाइरसले विश्व नै आक्रान्त भइरहेको समयमा यो कार्य हुनु नन्दनीय रहेको बताइएको छ ।

सम्पूर्ण मानव समुदाय कोरोनाको महामारीविरुद्ध जुधिरहेका बेला भारतले नेपाली भूमिमाथि अतिक्रमण गरेको नेकपा अध्यक्षद्वयको ठहर छ । नेकपाका तर्फबाट जारी विज्ञप्तिमा सो इलाकामा सडक निर्माण कार्य तत्काल रोक्न र समस्यालाई थप जटिल नबनाउन भनिएको छ ।

सुगौली सन्धीसहितका सबै ऐतिहासिक प्रमाण र तथ्यहरुले यो भूमि नेपालकै भएको देखाएको बताउँदै दुई अध्यक्षले भनेका छन्, विदेशमन्त्रीस्तरीय वार्ताका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयले लिएको पहलकदमीअनुसार अविलम्ब वार्ता गर्नुपर्ने नेकपाको ठहर छ ।’

वक्तव्यमा दुबै सरकारलाई वार्ता र कूटनीतिक माध्यमले यो समस्याको समाधान गर्न आग्रह गरिएको छ । साथै नेकपाले सडक निर्माण कार्यलाई तत्काल रोक्न र यो मुद्दालाई जटिल बनाउने कुनै पनि कार्य नगर्न भारतलाई आग्रहसमेत गरेको छ ।

भारतले नेपालको भूमि लिपुलेक हुँदै मान सरोवरसम्म जाने सडकको शुक्रबार उदघाटन गरेको थियो । नेपाली भूमिमा सडक बनाएको विरोधमा शनिबार नै परराष्ट्र मन्त्रालयले समेत विज्ञप्ति निकालेर आपत्ति जनाइसकेको छ । तर भारतीयले भने आफ्नै भूमिमा सडक निर्माण गरीएको जबाफ दिएको छ । भारत सरकारले कोरोना संक्रमणको महामारी साम्य भएपछी दुई देशका परराष्ट्रमन्त्रालय स्तरीय तबरबाट कूटनीतिक रूपमा बैठक बसी हल गर्ने जनाएको छ ।

नेकपाद्धारा जारी बिज्ञप्ति ;

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार