काठमाडौं, बैशाख २७ ।
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मूलगेटमा लकडाउनको समयमा स्वदेश फर्कन पाऊँ भन्दै प्रर्दशन गर्ने क्रममा चिनिया नागरिकहरूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरीरहेको छ । सो क्रममा नेपाल प्रहरीमाथि हातपात गर्ने एक चिनिया नागरिक नेपालस्थित भिभो मोबाइलका ‘कन्ट्री म्यानेजर’ रहेको खुलेको छ ।
चिनियाँ कम्पनी भिभो मोबाइलका ‘कन्ट्री म्यानेजर’ गेभिनसहित चार चिनियाँ नागरिक लकडाउनको समयमा प्रर्दशन गर्ने कम्रमा पक्राउ परेका हुन्। उनले सिंहदरबार गेटअगाडि एकजना प्रहरी नायव निरीक्षकको बर्दीमा समातेर तानेका थिए भने अन्य प्रहरीमाथि पनि जाइ लागेका थिए।
३२ वर्षीय गेभिन र ३३ वर्षीय एलई ओ लाई महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ। अन्य दुईजनालाई सिंहदरबार बृत्तको हिरासतमा राखिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ। भिभोका कन्ट्री म्यानेजर गेभिन उनका साथीहरु राजधानीको लाजिम्पाटमा फ्ल्याटमा बस्दै आएको खुलेको प्रहरीले जानकारी गराएको छ।