अज्ञात समूहद्वारा चितवनको भरतपुरमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  371 पटक हेरिएको

चितवन, वैशाख २५ ।   

चितवनको भरतपुरमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । आइतबार साँझ ७ः३० बजे भरतपुर-१२ निवासी अनिल परियार (कान कुहिए) को भरतपुर ७ कृष्णपुरकाे फुटबल मैदान नजिक हत्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी अधिकारीका अनुसार उनलाई अज्ञात समूहले आक्रमण गरेको थियो । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको डीएसपी अधिकारीले संचारमाध्यमलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार