कोरोना संक्रमणबाट संसद सचिवालयमा कार्यरत उपसचिवको निधन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  603 पटक हेरिएको

काठमाडौं, वैशाख २४ ।  

कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको अबस्थामा मृत्युदर उच्च बन्दै गईरहेको छ । संसद सचिवालयमा काजमा कार्यरत एक जना उपसचिवको कोराना संक्रमणबाट निधन भएको छ । तनहुँ घर भएका ५० वर्षीय उपसचिवको शुक्रबार बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको २२ गते स्वाब संकलन गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । केही समय अगाडि उनको पत्थरीको अपरेशन समेत गरिएको थियो । कोरोना संक्रमण पुष्टि भएका उपसचिबको उपचारको क्रममा निधन भएको परिवारम स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार