ओलिइतरसंग कुनै सम्झौता भएको छैन, जेठ २ हाम्रो बटमलाईन : माधव नेपाल

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  460 पटक हेरिएको

 काठमाडौं, वैशाख २४ ।   

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले हालसम्म केपि ओलि इतरसंग कुनै पनि सहमति नभएको जनाएको छ । नेता नेपालले सामाजिक संजाल फेसबुकमा एक स्टेट्स लेखदै एमाले जोगाउन वार्ता र लकचता दुवै अपनाउने समेत बताएका छन् । सामाजिक सञ्जालमा नेता नेपालले एकताबद्ध एमाले चाहेको पनि उल्लेख गरेका छन् ।

‘…वार्ता र लकचकता दुवै अपनाउछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन’, नेता नेपालले लेखेका छन् । २ जेठ २०७५ को पार्टी कमिटी, विधान र नेतृत्वको बटम लाइनमा अडिग रहेको पनि नेपालले लेखेका छन् ।‘२०७७ फागुन २८ गते र तत्पश्चात बसेको कथित बैठकहरु र त्यसले गरेका निर्णयहरु फिर्ता लिन पर्छ र २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो’, उनले लेखेका छन् । अहिले भइरहेको वार्ताबाट भ्रममा नपरी सशक्त पार्टी बनाउने अभियानमा जुट्न पनि नेता नेपालले कार्यकर्ता पंक्तिमा अपिल गरेका छन् ।

अझै दुई पक्षबिच सघन छलफल चलिरहेको छ । चरणबद्द छलफलमा रहेका ओलि नेपाल समूहमा ओलि नेपाललाई सहमतिमा ल्याएर सत्ता जोगाउने खेलमा छन भने नेपाल जेठ २ मा नफर्के कुनै पनि सहमति नहुने पक्षमा छन । त्यसको लागि ओलिले आत्मसमर्पण गर्नु नै पर्ने हुंछ । आजसम्म राजनीतिक रूपमा शक्तिमा रहेका प्रधानमन्त्रि ओलिको सामुन्ने आत्मसमर्पण वा राजिनामा दुई बिकल्प बाहेक अरु बिकल्प छैन त्यो भने हेर्न बाकि छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार