जापानमा १६ हजार ६८ जनामा कोरोना संक्रमण देखियो, ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  767 पटक हेरिएको

vision-online-advertise

जापान,बैशाख २४ । 

जापानमा बुधबार  बिहानसम्म कोरोना भाइरस (कोभिड–१९) बाट थप १२० जनामा संक्रमण देखिएको छ ।योसंगै जापानमा कोरोना संक्रमितको संख्या १६ हजार ६८ जना पुगेको छ।अहिले सम्म ५ हजार २ सय ३८ जना निको भई घर फर्किएका छन्  भने हालसम्म ५ सय ७९ जनाले ज्यान गुमाई सकेका छन । एकै दिन १० जनाको निधन भए संगै मृतकको संख्या ५७९ पुगेको हो ।

बुधबार बिहान सम्म जापानका विभिन्न ठाँउ, खानागावा, हियोउगो, क्योउटो केनमा एक एक जना यस्तै होक्काईदो, चिबा केनमा दुई दुईजना र ओसाका केनमा तिन जना गरी १० जनाको एकै दिन निधन भएको थियो ।

अहिले सम्म जापान भित्रमात्र कोरोना भाईरस संक्रमितको संख्या १५ हजार १ सय ९३ जना रहेको छ,भने ५ सय ६६ जनाको ज्यान गईसकेको छ । यस्तै योकोहामा स्थित डाईमंड पानीजहाजमा ७१२ जना संक्रमीत जापानीज नागरिक रहेका छन् । त्यहाॅं १३ जनाको ज्यान गईसकेको छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार