कोरोना निको भई घर गएका रौतहट र काठमांडौका गरी ३ जना ब्यक्तिमा पुन संक्रमण पुष्टि

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  737 पटक हेरिएको

vision-online-advertise
काठमाडौं, बैशाख २३ ।

निको भएर घर फर्किएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । रौतहटका एक युवक र भारतीय जमातीमा पुनः कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ । वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन जना जमातीमा ३० चैतमा र भारतबाट आएका रौतहटका युवकमा १ वैशाखमा संक्रमण पुष्टि भएको थियो ।

नारायणी अस्पतालमा दुई साता लामो उपचारपछि उनीहरुलाई १४ गते डिस्चार्ज गरिएको थियो । तीन पटक गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो । तर स्वास्थ्यमा समस्या देखिएको भन्दै दुबै जना २१ वैशाखमा फेरि अस्पताल पुगेका थिए । हाल आइसोलेनमा रहेका दुबैको कोराना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

कोरोना भाइरस (कोभिड-१९) मुक्त भएर घर फर्किएका काठमाडौंका एक पुरुषमा पनि पुनः संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा कोरोना संक्रमण भएको १ वैशाखमा पुष्टि भएको थियो । पाटन अस्पतालमा उपचार गरेर आमाछोरा ११ वैशाखमा घर फर्किएका थिए । तर एक सातापछि पुनः परीक्षणका लागि अस्पताल आएका ५२ वर्षका पुरुषको रिपोर्ट पोजेटिभ आएको स्रोतले बताएको छ ।

  1. vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार