काठमाडौं, वैशाख २२ ।
राष्ट्रियसभा २ सदस्यको लागि हुने उपनिर्वाचनमा नेकपा एमालेका ओलि समुहलाई हराउने रणनितिमा लागेका बिपक्षी दलहरुले निर्वाचनमा गठबन्धन बनाउने भएका छन । राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी ९जसपा०को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धन गरेका छन् र साझा उम्मेदवारका रुपमा डा। खिमलाल देवकोटालाई अघि सार्ने भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान एमाले नेता नेपाल र जसपा अध्यक्ष यादवसँग हात्तीवनमा छुट्टाछुट्टै सम्वाद गरेका थिए । उनले राष्ट्रियसभा निर्वाचनमा सहकार्यका लागि कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि सम्वाद गरेका छन् । नेताहरुका अनुसार बाग्मती र लुम्बिनी प्रदेशको एकएक सिटका लागि हुने उपचुनावमा साझा उम्मेदवार बनाउने सहमति जुटेको छ ।
लुम्बिनी प्रदेशको कोटामा नेकपा एमाले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका दृगनारायण पाण्डेलाई अघि सारिएको छ । साझा उम्मेदवार बनाएलगत्तै उनी नेपाली कांग्रेस प्रवेश गरेका छन् । यद्यपि त्यहाँको निर्वाचन तोकिएको छैन । बाग्मती प्रदेश अन्य समूहतर्फ रिक्त भएको एक सिटका लागि जेठ ६ गते उपचुनाव हुँदैछ । माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा बादलले दल त्याग गरेपछि रिक्त भएको राष्ट्रियसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो ।
एमालेको केपी शर्मा ओली पक्षले बादललाई नै उम्मेदवार बनाउने तयारी गरेको छ । कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल समूह र जसपाको यादव पक्षले भने देवकोटालाई साझा उम्मेदवारका रुपमा अघि सार्ने भएका छन् । संघीयता र योजनविज्ञ देवकोटा एमाले नजिक हुन् । प्रदेश ३ को योजना आयोगको उपाध्यक्ष रहिसकेका उनी पछिल्लो समय माधवकुमार नेपाल समूह नजिक छन् । उपचुनावमा भने माओवादी केन्द्रको चुनाव चिन्हबाट लड्नेछन् ।