जापानमा थप ३ जना नेपालीमा कोरोना संक्रमण पुष्टि, संक्रमित नेपालीको संख्या १० पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  986 पटक हेरिएको

vision-online-advertise

जापान, बैशाख २२ ।

जापानका बिभिन्न ठाउँमा रहेका थप ३ जना नेपालीमा कोरोना भाईरस देखिएको छ ।  संक्रमण पुष्टी हुनेहरुमा खानागावा प्रान्तमा रहेका दुई जना र क्योतो प्रान्तका एक जना रहेको बताईएको छ ।  

खानागावाको योकोहामामा रहेका २ जना श्रीमान श्रीमती भएको तथा  क्योतोका एक पुरुष रहेको बुझिएको छ ।  यो सँगै जापानमा कोरोना संक्रमित नेपालीको संख्या दश पुगेको छ भने २ जना उपचारपछी निको भै घर फर्किएका छन ।  

यसअघी संक्रमण पुष्टी भएकाहरुमा खानागावाको योकोहामामा २ जना ,टोकियोको इकेबुकुरोमा ४  जना तथा इबाराकी प्रान्तमा एक जनामा रहेका थिए । टोकियोको इकेबुकुरोकी एक महिला र इबाराकी प्रान्तकी एक युवती भने कोरोना निको भै घर फर्किएका छन ।  

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार