एएनपी मिडिया हाउसको आयोजनामा चौथो संस्करणको‘लिटिल स्टार नेपाल २०८०’ सम्पन्न

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  181 पटक हेरिएको

काठमाण्डौ, बैशाख २१ ।  

एएनपी मिडिया हाउसद्वारा सञ्चालन गरिएको ‘लिटिल स्टार नेपाल २०८०’ को चौथो संस्करणको अन्तिम प्रतिस्पर्धा यहि बैशाख १९ मा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। एएनपी मिडिया हाउसद्वारा आयोजित उक्त प्रतियोगितामा ‘नृत्य’ , र ‘गायन’ समूहका मुख्य बिजेता घोषित भए । ‘सिनियर डान्स’ तर्फ अभिषेक यादव विजयी हुँदा अस्मि नेपालि फर्स्ट रनरअप, रुबेन रसाइली सेकेन्ड रनर अप, पृन्सिका कार्कि थर्ड रनर अप / पब्लिक चोईस र अभिषेक यादव मस्ट पपुलर अवार्ड विजेता घोषित भए।

त्यसैगरी ‘जुनियर डान्स’ तर्फ अङ्किता सुनुवारले शिर्ष ताज पहिरिँदा यान्ना श्रेष्ठ फर्स्ट रनरअप, ताकी राइ सेकेन्ड रनरअप, आलिया तामाङ थर्ड रनरअप, निश्मा बस्नेत पब्लिक चोईस र मानशी बस्नेतले मस्ट पपुलर अवार्ड हात पारे। प्रतियोगिताको ‘गायन’ तर्फ रोज तामाङले शिर्ष उपाधी आफ्नो हातमा पारिन। फर्स्ट रनरअप युमि राइ, सेकेन्ड रनरअप अन्शु कार्की, थर्ड रनरअप प्रनेक अधिकारि, पब्लिक चोईस अवार्ड दिपिशा कार्की र मस्ट पपुलर अवार्ड नुनुम्सा राइले हात पारिन।

उक्त कार्यक्रमको निर्णायकको भूमिकामा भने भिजन अनलाइन न्यूजका पत्रकार तथा भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीका अध्यक्ष तथा सीईओ तुलशा कटुवाल र सरिता शाह थिए भने गायनतर्फ बिनोद ढकाल र रमेश पाठक थिए ।

प्रनिमा दाहालले संचालन गर्नुभएको उक्त  प्रतियोगिता बालबालिकाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर , प्रतियोगीको प्रतिभा प्रस्फुटन, उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले लगातार एएनपी मिडिया हाउसले विगत चार वर्षदेखि ‘लिटिल स्टार नेपाल’ प्रतियोगिता संचालन गर्दै आएको आयोजक संस्थाका सिईओ लव बहादुर कार्कीले जनाए । कार्यक्रमको व्यबस्थापन लोमस कार्की तथा लविस कार्कीले गरेका थिए भने शम्भु रेग्मिले कोअर्डिनेटरको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रमका थप फोटाहरु  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार