जापान, वैशाख २१ ।
गैरआवासीय नेपाली संघ जापान क्षेत्रिय कार्यसमिति क्युस्युको ७ औं अधिवेशन जुन ५ तारिखमा गर्ने भएको छ । एनआरएनए, क्युस्यु क्षेत्रीय कार्यसमितिको मे ३ तारिख सोमबार बसेको नियमित बैठकले २०२१ जुन ५ तारिख 福岡県中小企業振興センター मा दिनको १२ बजेबाट शुरु गर्ने निर्णय गरेको हो । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जापानको मे १५ देखि जुन १५ सम्म जापानका सम्पुर्ण क्षेत्रिय कार्यसमितिहरुलाई अनिवार्य रुपमा अधिबेशन सम्पन्न गर्न भनि दिएको बिर्देशन बमोजिम क्युस्यु क्षेत्रिय कार्यसमितिको नियमित बैठकबाट जुन ५ मा अधिबेशन गर्ने निर्णय गरिएको हो ।
तर कार्यसमिति चयनमा सहमति नभएको खण्डमा भने गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदद्धारा निर्माण गरिएको एमआईएस सिस्टमबाट जुन ८ तारिखका दिन अनलाइन भोटिङ्ग मार्फत हुने निर्णय पनि एनआरएनए क्युस्यु क्षेत्रिय कार्यसमितिका संयोजक देबराज उप्रेतीले जनाएको छ ।
संस्थाका संयोजक उप्रेतीको अध्यक्षतामा भौतिक रुपमा उपस्थित भई बसेको बैठकले सल्लाहकारद्वय टंक गैरे र धर्मराज अधिकारी रहेको निर्वाचन कमिटी बनाएको छ । त्यस्तै निर्वाचन तयारीका लागि सन्तोष थापाको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन कमिटी बनाएको संयोजक उप्रेतीले जनाए । समिति सदस्यहरुमा लक्ष्मण बानियाँ, छत्र दाहाल, किरण बर्मा र देवराज उप्रेती चयन भएका छन ।
यस्तै राष्ट्रिय समन्वय परिषद जापानले पनि प्रत्येक क्षेत्रिय समितिको आगामी अधिबेशनको लागि महाधिबेशन अनुगमन समिति पनि चयन गरेको छ । जसबमोजिम क्यूस्यु क्षेत्रको अधिबेशन अनुगमन समितिमा केन्द्रिय कार्यसमितिका सदस्य दय रामकृष्ण श्रेष्ठ, सुपेन्द्र घिसिङ्ग र केन्द्रिय महिला संयोजक संगीता अधिकारी सुबेदीलाई यसअघि नै चयन गरिसकेको छ ।
एनआरएनए क्युस्यु क्षेत्रिय कार्यसमितिको नियमित अन्तिम बैठकबाट निधारित निर्वाचनका साथसाथै क्युस्यु क्षेत्रिय कार्यसमितिको आगामी नयाँ कार्यसमिति चयन तथा उम्मेद्धारी शुल्क पनि निर्धारण गरिएको छ । उक्त बैठकबाट अघिल्लो कार्यसमितिले निर्धारण गरिएको शुल्कलाई नै यस बर्षको उम्मेद्धारी शुल्क तय गरिएको हो । उक्त निर्णय बमोजिम क्युस्यु क्षेत्रिय कार्यसमितिको संयोजकको उम्मेद्धारीको १० मान अर्थात एक लाख ऐन निधारण गरिएको छ भने सदस्य पदको लागि २ मान अर्थात २० हजार ऐन निधारण गरिएको बिज्ञप्ति मार्फत जानकारी गराईएको छ ।
एनआरएनए क्युस्यु क्षेत्रिय कार्यसमितिद्धारा जारी निर्वाचन सम्बन्धि सुचना