माधब सिग्देलको “देउता जस्तै पुज्ने खालकी छौ” सार्वजनिक (भिडियो सहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  677 पटक हेरिएको

जापान, बैशाख २१ । 

लोकदोहोरी गायक तथा सर्जेक माधब सिग्देलको “देउता जस्तै पुज्ने खालकी छौ” सार्वजनिक भएको छ । तनहुँको भिमाद नगरपालिका किहुँमा जन्मेका गायक सिग्देल विगत ९ बर्ष अगाडीबाट जापानको फुकुओका शहरमा बस्दै आएका छन् विदेशमै बसेर पनि नेपाली लोक संगितलाई निरन्तरता दिँदै आएका सिग्देलको नयाँ एल्बम “देउता जस्तै पुज्ने खालकी छौ” मा थेगो आँफैले लेखेका हुन् भने शब्द पुरुषोत्तम सिग्देल ,लय सुर्य खड्काको रहेको छ ।उक्त गीतमा आवाज भने गायक सिग्देल र सुनिता बुढा क्षेत्रीको रहेको छ ।

उक्त गीतको म्युजिक भिडियो चर्चित नृत्य निर्देशन प्रकाश भट्टले गरेका छन् । उक्त गीतमा अभिनय ओवी रायमाझी र गीता ढुंगानाको रहेको छ । सम्पादन विष्णु शर्माले गरेको उक्त भिडियो निर्माण शाहि भिजन प्रालिले गरेको छ । उक्त गीतलाई गायक माधब सिग्देलको युट्युब च्यानलबाट सोमबार बेलुकी सार्वजनिक गरिएको छ । सार्वजनिक गरेको केहि समयमा नै ५ हजार दर्शकले हेरि सकेकोछ ।

उक्त गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार