एकीकृत समाजबादीको चुनावी गीत सार्वजनिक, बामदेब गौतमले लेखे समाजबादीको गीत

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  175 पटक हेरिएको

काठमाँड़ौ, बैशाख २० । 

राष्ट्रिय सभा सदस्य बामदेव गौतमले नेकपा एकीकृत समाजवादीको चुनावी गीत लेखेका छन्। माधवकुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादीको ‘जनता जगाउने कलममा छाप लगाउने’ चुनावी गीत गौतमले लेखेका हुन्।

उक्त गीत आज युट्युवबाट सार्वजनिक गरिएको छ। सार्वजनिक भएको चुनावी गीतको भिडिओमा बामदेव पनि देखिन्छन्।

बामदेवले लेखेको उक्त गीतमा कृष्ण केसी र जुना श्रीष मगरले स्वर दिएका छन्। गीत भने नेपाल मुस्लिम इतेहाद संगठनले बजारमा ल्याएको हो। गौतम नेकपा एमाले छाडे पनि कतै पनि सक्रिय रूपमा राजनीतिमा देखिएका छैनन्। उक्त गीतलाई अध्यक्ष माधव नेपाल सहितका नेता कार्यकर्ताले सामाजिक संजालमा सियर गरेका छन ।

उक्त गीत जस्ताको तस्तै साभार गरेका छौ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार