
काठमाडौं, बैशाख २१ ।

बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यस अघि आइतबार नै मन्त्रालयले बाँकेको नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै बाँकेको नेपालगन्जमा कोरोना सक्रमणको संख्या आज मात्र १५ पुगेको छ । यससँगै नेपालमा कोरोना संक्रमणको संख्या ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस बिज्ञप्ति निकालि जानकारी गराएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस बिज्ञप्ति

