सरकारले बजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  943 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, वैशाख २१ ।

सरकारले संसदको वजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्ष २०७७÷०७८ को बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेटअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र छलफल गरी पारित गर्नुपर्ने हुन्छ ।


स‌ंसद अधिवेशन सरकारको सिफारिसमा राष्‍ट्रपतिले बोलाउने व्यवस्था छ । नेकपा भित्रको बिबाद तत्काललाई समाधान उन्मुख भएको र पार्टी एक ढिक्का भएको सन्देश दिदै प्रधानमन्त्रि के.पी शर्मा ओलीबाट सरकारका मन्त्रिहरुलाई खुसि भएर तदारुक्ताका साथ काममा लाग्न समेत निर्देशन दिएका छन ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार