भिजन ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सिको शाखा कार्यालय धादिङबेशीमा संचालनमा, जापनिज भाषा कक्षामा भर्ना शुरू

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  259 पटक हेरिएको

धादिङ, बैशाख २० ।  

भिजन ग्रुपद्वारा संचालन गर्दै आइरहेको भिजन अनलाईन न्युजको सफल अबतरणसंगै अर्को नया प्रयास स्वरूप भिजन इन्टरनेशनल एजुकेशन कन्सलटेन्सि प्रा. लिको शुरूवात गरेको छ । नया वर्ष २०७९ को अवसर पारेर शुभारम्भ गर्ने योजनाका साथ शुरू गरीएको भिजन ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सी प्रा.लि. को केन्द्रीय कार्यालय काठमाडौ र शाखा कार्यालय धादिङबेशीमा एकसाथ शुभारम्भ गर्ने तय गरीएको थियो । तर काठमाडौमा कोठा पाउन समस्या देखीएपछि शुभारम्भ कार्यक्रमलाई केही समय पछि सारेर भएपनि एक साथ ओपनिङ गर्ने निर्णयमा पुगेको संचालक समिति केन्द्रीय कार्यालयमा कार्यालय ब्यबस्थापनमा समय लाग्ने र शाखा कार्यालयमा जापनिज भाषा कक्षा संचालन संगै बिध्यार्थीको उपस्थितिमा बृद्धी भए पश्चात तत्काललाई जिल्ला शाखा कार्यालय धादिङ शुभारम्भ गरी औपचारिक रूपमा कक्षा संचालन गर्ने निर्णय बमोजिम हिजो बैशाख १८ गते अर्थात मे १ तारिक बिधिवत रूपमा शुभारम्भ गरीएको हो ।

भिजन ग्रुपका संचालक, पारिवारिक व्यक्तित्व, जिल्ला शाखा कार्यालयका प्रमुख लगायत बिध्यार्थीहरुको उपस्थितिमा समुद्घाटन कार्यक्रम सम्पन्न भएको हो । उक्त उद्घाटन कार्यक्रममा भिजन अनलाईन न्युजका संचालक तथा कलाकार तुलशा कटुवाल शाक्य र प्रबन्धक निर्देशक सन्तमान शाक्यको सुपुत्री आरोग्य शाक्यद्वारा रिबन काटी शाखा कार्यालयको उद्घाटन गरीएको थियो । देश सम्पूर्ण रूपमा स्थानीय निकायको निर्वाचनमा होमीएको अबस्थालाई मध्यनजर गर्दै पारिवारिक रूपमा उद्घाटन गरीएको प्रबन्धक निर्देशक सन्तमान शाक्यले जनाउनु भयो । केन्द्रीय कार्यालय काठमाँड़ौ र शाखा कार्यालय बृहत् रूपमा शुभारम्भ गर्ने तयारी भएपनि त्यो सम्भव नभएकोले हाललाई शाखा कार्यालयको शुभारम्भ गरीएको जनाउनु भयो ।

भिजन ग्रुपको अबधारणा सहित २ वर्ष अघिबाट भिजन अनलाईन न्युजको संचालन गर्दै आएका निर्देशक शाक्यले भिजन अनलाईन न्युजको माध्यमबाट बिश्वभरी छरीएर रहेका एनआरएनए नेपालीहरुसंग पत्रकारीता संगै सम्बन्ध स्थापना गर्न सफल भएसंगै भिजन ईन्टरनेशनल एजूकेशन कन्सलटेन्सिको शुभारम्भ गर्ने सोच बनाएको बताउनु हुन्छ । एक वर्ष अघिबाट संचालन गर्ने तयारीमा रहेपनि बिश्व कोरोना भाईरसको महामारीमा फसीरहेको अबस्थालाई ध्यानमा राखेर ढीलागरी शुभारम्भ गरीएको बताउनु हुन्छ । हालै स्थापना गरीएको भिजन ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सी प्रा.लिले शुभारम्भमा जापानमा बिध्यार्थी पठाउने तयारी स्वरूप जापानको टोक्यो, ओसाका, नागोया, फुकुओका जस्ता शहरका भाषा बिध्यालायहरुसंग एक चरणको छलफल सम्पन्न गरीसकेको र प्रारम्भिक चरणमै टोक्योका केहि बिध्यालयबाट अनुमति समेत पाईसकेको छ । केहि बिध्यालयहरुसंग दुई पक्षीय सम्झौताको तयारीमा समेत रहेको निर्देशक शाक्यले बताउनु भयो ।

जापान, अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा समेत उच्च शिक्षाको लागि नेपाली बिध्यार्थी पठाउने योजना बनाईरहेका भिजन ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सि परिवारले हाललाई भने जापानलाई पहिलो प्राथमिकतामा राखी बिध्यार्थी भर्ना सुरु गरीएको निर्देशक शाक्यले बताउनु भयो । निर्देशक शाक्य स्वयं हाल जापानको फुकुओका शहरमा बसोबास गर्दै आइरहेका छन । सामाजिक संस्थामा क्रियाशील शाक्य हालसालै मात्र गैरआवासीय नेपाली संग राष्ट्रीय समन्वय परिषद जापानको प्रेस सल्लाहकार समितिको सदस्यमा नियुक्त भएका हुन । शाक्य यस अघि पनि गैर आवासीय नेपाली संघ जापान क्यूशु क्षेत्रिय कार्यसमितिको सहसचिब र नेपाल आदिवासी जनजाति महासंघको दुई कार्यकाल सचिबको भूमिकामा सक्रिय छन । जापानको सबै क्षेत्रका अग्रज नेपालीहरुसंग समानान्तर सम्बन्ध स्थापना गर्न सफल निर्देशक शाक्यले आफ़्नो कन्सलटेन्सिबाट आउने बिध्यार्थीहरुलाई जापानमा केहिहदसम्म सहयोग पुग्ने बताउनु हुन्छ ।

भिजन ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सिका संचालकको गृहजिल्ला नै धादीङ भएकोले धादिङ जिल्लाबासि दाजुभाई दीदीबहिनीहरु जो उच्च शिक्षाको लागि जापान आउने सोच बनाईरहनु भएको छ उहाँहरुलाई घरमा बसी जापनिज भाषा अध्ययन गरी सहजै र कम लगानीमा जापान जाने ब्यबस्थाको लागि पनि धादिङमा पहिलो शाखा खोलि संचालनमा ल्याईएको बताउनु हुन्छ । भिजन ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सि धादिङ शाखामा भाषा शिक्षकको रूपमा लामो समय जापान बसी N3 लेभल भाषा पास गरेकी प्रबिना रिजाल स्वयम शाखा प्रमुखका साथै जापनिज भाषा शिक्षकको रूपमा रहेकोले पनि विद्यार्थीहरुलाई भाषा सिक्न सहज हुने बताउनुहुन्छ ।

भिजन ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सि नै किन ?   

भिजन ग्रुपका संचालक तथा निर्देशक सन्तमान शाक्य स्वयम जापानमा रहेको र बिध्यार्थीको भिषा सम्बन्धी प्रक्रिया सबै जापानबाट नै गर्ने भएकोले पनि बिध्यार्थीको भिषा लाग्ने सम्भावना उच्च रहनेछ । भिजन ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सिले दुई पक्षीय सम्झौता बिना कुनै पनि बिध्यालयमा बिध्यार्थी नपथाउने नीति लिएकोले बिध्यार्थी भविष्यको सुनिश्चता रहनेछ । बिध्यार्थीको भर्ना शुल्क लगायतका शुल्क सस्तो तथा फिक्स हुनेछ । बिध्यार्थीहरुलाई जापानबाट नै हरेक महीना जापान र यहाँको बिध्यालय सम्बन्धी जानकारी मूलक कार्यक्रम आयोजना गरीनेछ । भिजन ग्रुपद्वारा संचालन हुदै आइरहेको भिजन अनलाईन न्युजबाट हरेक हप्ता जापान सम्बन्धी चेतनामूलक कार्यक्रम समेत प्रशरण हुने हुदा बिध्यार्थीहरुले जापान सम्बन्धी ज्ञान सजिलै लिन र आवश्यक सहयोग समेत पाउनेछन तसर्थ जापान जाने सोच बनाई रहनु भएका धादिङबासि लगायत नेपाली दाजुभाई तथा दीदीबहिनीहरुले बिना हिचकिचाहट भिजन ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सि रोज्न सकिने संचालक तथा निर्देशक शाक्यले बताउनु भयो ।

उद्घाटनका केही तस्वीरहरु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार