बिमला ओलि माओबादी प्रबेश गरेसंगै एमालेको एकल बहुमत गुम्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  157 पटक हेरिएको


बुटवल, वैशाख १९ ।  

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेकी छन् । दाङ ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् ।

सर्वोच्चले नेकपा खारेज गरेपछिको अवस्थामा उनले माओवादी केन्द्र रोजेकी हुन् । वलीको निर्णयसंगै ८१ सदस्यीय प्रदेशसभामा एमालेको एकल वहुमत गुमेको छ ।

माओवादी केन्द्रका सांसद सुदर्शन बरालले वलीले माओवादी केन्द्र रोजेपछि वली पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई जानकारी गराइसकेको बताए ।

वली स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरकुमार भने एमालेबाट निर्वाचित भएका थिए । सवारी दुर्घटनामा उनको निधन भएपछि भएको उपनिर्वाचनमा वली नेपाल कम्युनिष्ट पार्टीबाट विजयी भएकी थिइन् । वली माओवादीमा प्रवेश गरेपछि विपक्षी गठबन्धनसँग अब सभामुखसहित ४१ सांसद पुगेको छ ।

लुम्बिनी प्रदेश सभा ८१ सदस्यीय हुँदा अब सत्तारूढ एमालेसँग ४० सांसद मात्र छन् । संविधानको धारा १६८(१) अनुसार बहुमतको सरकार बनाउन ४१ सांसद चाहिन्छ । अझैपनि लुम्बिनी प्रदेशमा सरकार गठनको लागि सांसद तानातानको अबस्था भने निरन्तर रहने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार