आर्थिक वर्ष ०७८/७९ बाट लागु हुनेगरी श्रमिकहरुको मासिक तलव १५ हजार पुर्याउने प्रधानमन्त्रीको घोषणा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  489 पटक हेरिएको

काठमाडौं, बैशाख १९ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष ०७८/७९ बाट लागु हुने गरी श्रमिकको मासिक पारिश्रम १५ हजार बनाइने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै सरकारले गत असारदेखि नै न्यूनतम पारिश्रमिक पुनरावलोकनको लागि सरकारले सहजीकरण गरेको पनि सुनाए । यस वर्ष पनि कोभिड–१९ का कारण न्यूनतम पारिश्रमिक निर्धारण गर्न सहमति नभएको बताए ।

“आर्थिक वर्ष ०७८/७९ बाट लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन हुन्छ । मासिक पारिश्रमिक १३ हजार ४५० बाट १५ हजार, दैनिक पारिश्रमिक ५१७ बाट ५७७, प्रतिघण्टा पारिश्रमिक ६९ बाट ७७ रुपैयाँ,” ओलीले भने ।

उनले आफ्नो नेतृत्वमा सरकार बनेपछि श्रमिकको न्युनतम पारिश्रमिकमा ३९ प्रतिशत र राष्ट्रसेवक कर्मचारीको पारिश्रमिकमा सरदर २० प्रतिशतले वृद्धि गरिएको बताए । सरकारको तीन वर्षमा श्रमको सम्मान गरिएको पनि बताए । मासिक सय रुपैयाँबाट सुरु भएको समाजिक सुरक्षा भत्ता दैनिक सयमा पुर्याइएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार