नेपालमा थप २ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५९ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  823 पटक हेरिएको

vision-online-advertise

काठमाडौं、बैशाख १९ ।

नेपालमा थप दुई जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरु बाँके र रुपन्देहीका हुन्। रुपन्देशीका २५ र बाँकेको नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको सह–प्रवक्ता अधिकारीले विज्ञप्तिमार्फत् जानकारी दिएका हुन् । नयाँ क्रमित दुबैको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। ती मध्ये १६ जना उपचारपछि ठिक भइसकेका छन्। पालमा अहिले २३,००० जनाभन्दा बढी मानिस क्वारेन्टाइनमा छन्। तीमध्ये सर्वाधिक प्रदेश नं ५ मा छन्। अहिलेसम्म सातमध्ये कर्णालीबाहेक छवटा प्रदेशमा सङ्क्रमित फेला परेका छन्।  स्वास्थ्य मन्त्रालयले अहिलेसम्म पीसीआर विधिबाट १२,००० भन्दा बढी परीक्षण गरिएको जनाएको छ।

सबैभन्दा बढी सङ्क्रमित व्यक्ति प्रदेश नं एक र त्यसपछि प्रदेश नं २ मा छन्।  स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ८० जनालाई चिकित्सकीय निगरानीमा अलग्गै राखेर उपचार गरिँदैछ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार