कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु, एकैदिन ५,७६३ जनामा संक्रमण पुष्टि

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  141 पटक हेरिएको

काठमाडौं, वैशाख १८ ।  

पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७६३ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १४ हजार ४०३ जनाको पीआर परीक्षण गर्दा ५ हजार ७०६ जना र ५६६ नमुनाको एन्टीजेन परीक्षण गर्दा ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो नेपालमा संक्रमण देखिएयता एकैदिनमा पहिचान भएका सबभन्दा धेरै संक्रिमित संख्यमा हो । यसअघि पहिलो लहरमा ५ कात्तिकमा एकैदिनमा ५ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको थियो भने दोस्रो लहरमा शुक्रबार ५ हजार ७२९ मा संक्रमण देखिएको थियो ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार