काठमाडौं, बैशाख १९ ।
मे दिवस २०२० को अवसरमा शुभकामना सन्देश दिँदै उनले श्रमजीवी वर्ग परिवर्तनको संबाहक भएको धारणा राखेका छन्। श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, तर सुखको सपना देख्ने वर्ग हो। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमजीवी वर्ग दुःख गरेर सुखको सपना देख्ने वर्ग भएको बताएका छन्। परिवर्तनको संबाहक हो। र, सबै आत्तिएको बेला ढाडस दिन सक्ने, अनि आफैं अघि सरेर समस्याको सामना गर्न सक्ने वर्ग श्रमजीवी वर्ग हो सन्देशमा भनिएको छ। कोरोना भाइरसका कारण उद्योग–व्यवसाय बन्द हुँदा आम्दानी घटेका स्वदेशमा कार्यरत सबै प्रकृतिका श्रमिकहरुका कष्टकर जीवनप्रति दुःखी भएको उल्लेख छ।
एक दशकको हिंसात्मक द्वन्द्वका कारण गाउँको रोजगारी खोसिँदा शहररबजार पसेका, तर शहररबजारले रोजगारी दिन नसक्दा परदेश भासिएका लाखौं नेपाली युवा श्रमिकहरु विभिन्न मुलुकमा कार्यरत छन्। युवाहरु विदेशिने यी र अन्य विभिन्न बाध्यकारी परिस्थिति तथा प्रवृत्ति पनि छन्। ओलीले भनेका छन्,‘अहिले कोरोना भाइरसको महामारीका कारण ‘न कार्यरत मुलुकमा रम्न सकिने, न त स्वदेश फर्किन सकिने’ चेपुवामा श्रमिकहरू परिरहेका छन्। यसबाट सिर्जना भएको पीडाप्रति म जानकार तथा संवेदनशील छु।
यतिखेर सरकार कोरोना भाईरसका कारण नेपालमा पर्नसक्ने भयाबह निम्तन नदिन त्यसको रोकथाम निराकरण र संक्रमितहरुको पहिचान गरि उचित उपचारमा ध्यान केन्द्रित गरिरहेको अबस्था छ । सरकारले यस महामारीका कारण श्रमजीविहरुको दुखत घडीमा नेपाली श्रमजीविमा पर्न गएको असुबिधालाई मध्यनजर गर्दै सरकारले श्रमजीविहरुको पहिचान गरि आबश्यक राहत प्याकेज समेत ल्याउन आपतकालिन रहतकोषको गठन गरिएको पनि बताउनु भयो । यस महामारीले देशको आर्थिक बृद्धिदरमा समेत प्रत्येक्ष प्रभाब पारेकोले सरकारले अपेक्षा गरेको ८% बृद्धिदर घट्नसक्ने र भाबि दिनमा यसबाट निम्तिने खतरालाई मध्यनजर गर्दै सरकार सोही अनुसार काम गरिरहेको समेत जानकारी गर्नुभयो ।
यस अप्ठ्यारो घडीमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण श्रमजीवी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक ऐक्यबद्धता जाहेर गर्दछु।’ त्यस्तै प्रधानमन्त्री ओलीले अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका प्रयासहरु गरिनु दुःखद् भन्दै आफ्ना ससाना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन। त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहेको बताएका छन्।
बिश्व श्रमदिबसको उपलक्ष्यमा प्रधानमन्त्रिको भिडियो सन्देश :