जापानमा कोरोना भाईरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४६८ पुग्यो, नेपाली सहित ५० बिद्यार्थीहरुको भिषामा समस्या

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1091 पटक हेरिएको

vision-online-advertise

जापान, बैशाख १९ ।

जापानमा फेरि अर्का दुई जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । खानागावा केनमा विगत १० वर्षभन्दा लामो समयदेखि बस्दै आएका अर्याल थरका ४८ वर्षिय पुरुषमा संक्रमण देखिएको थियो भने हिजो पुन अर्का दुई नेपालीमा कोरोना भाईरस देखिएको निजका नजिकका ब्यक्तिले जनाएको छ । यस सं‌गै जापानमा कोरोना स‌क्रमितको स‌ख्या ६ पुगेको छ । टोकियोको इकेबुकुरो स्थित नेपाली रेष्टुरेन्टमा कायर्रत थप २ पुरूषमा संक्रमण देखिएको स्रोतले बताएको छ । उनीहरूको उपचार भइरहेको बताइएको छ । १ जना निको भई घर फर्किसकेकि छिन् ।

जापानमा बिहिबार राति १२ बजे सम्मको तथ्याङ्क अनुसार जापानभर १८६ जनामा नयाँ कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जापान भित्र हालसम्म कोरोना संक्रमितको संख्या १४हजार ३ सय ५ जना पुगेको छ । डायनामिक क्रुज सहितको संक्रमितको संख्या भने १५ हजार १७ जना पुगेको छ । बिहिबार सम्मको तथ्याङ्क अनुसार जापान भरी हालसम्म ४१०० जना मानिसहले स्वास्थ्य लाभ र्लि घर फर्किएको जनाएको छ । हालसम्म जापानभरी नोबेल कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या ४ सय ६८ जना पुगेको छ ।


कोरोना भाइरस महामारीका कारण गर्नको लामो समय देखि बन्द गरिएको विद्यालयहरु, आगमी सेप्टेम्बरबाट खुल्ने संकेत देखिएको छ । प्रधानमन्त्री शिन्जो आबेले शैक्षिक सत्र सेप्टेम्बरबाट सुरु गर्नेबारे विचार गरिरहेको खबर जापानी संचारमाध्यमहरुमा प्रकाशित छ। सामान्य अवस्थामा जापानमा शैक्षिक सत्र अप्रिल महिनाबाट सुरु हुने गरेको थियो । तर यस पटक अधिकांश विद्यालयहरु फेब्रुअरी महिनादेखि नै बन्द रहेका छन् ।

कोरोना भाईरसको संक्रमण बढ्दै जाँदा, जापानका विभिन्न सेवा प्रदायक कम्पनीहरुले आफ्ना विविध सेवाहरु कटौती गर्दै आएका छन् । यसै क्रममा, जापानको मुख्य ३ मध्ये एक कन्भिनियन्स स्टोर चेन,लसनले कोरोना भाइरस संक्रमणको जोखिमलाई न्युनिकरण गर्नको लागि जापानभर संचालनमा रहेका आफ्ना स्टोरहरुका शौचालय बन्द गर्ने निर्णय गरेको छ । यसका साथै लसनले फोहोर फाल्ने भाँडाहरु पनि केहि समयका लागि नराख्ने भएको छ । फोहोर सफा गर्दा, कर्मचारीहरुमा संक्रमण बढ्न सक्ने भन्दै यस्तो निर्णय गरिएको हो ।

जापानका अधिकांश कम्पनीहरु बन्द रहेकोले यसको प्रत्यक्ष प्रभाब नेपाली समुदायमा पनि पर्न गएको छ । हिजो बिहिबार भिजन अनलाईन न्युजले जापानको बिभिन्न शहरमा रहेका नेपालीहरु माझ स्काईपि भिडियो अन्तक्रियामा समेत नेपालीहरुले उक्त गुनासो राखेका थिए । जापानको नागासाकीबाट जोडिनु भएका नेपालीले ठुला कम्पनीहरु बन्द हुदाँ त्यहाँ काम गर्ने नेपालीहरु अहिले काम गर्नबाट बन्चि हुन पुगेको जानकारी गराएका थिए । यस्तै जापानको फुकुओका स्थित केईजाई दाईगाकुमा अध्ययन सकाई कामदार भिषामा भिषा परिवर्तन गर्दा ५० जना भन्दा बढि नेपाली सहित बिदेशी बिद्यार्थीहरुको भिषा जापान अध्यागमनले नदिएको र पुन भिषाको लागि प्रक्रिया शुरु गरेको गुनासो समेत राखेका थिए ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार