भारतसँग जोडिएका २२ नाका बन्द गर्न सीसीएमसीको सरकारलाई सिफारिस

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  383 पटक हेरिएको

काठमाडौं, बैशाख १८ ।  

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले भारतसँग जोडिएका सबै नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को हिजो बसेको बैठकले उक्त सिफारिस गरिएको हो । नाका खुल्ला रहँदा नेपालमा संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले भारतसंग जोडिएका २२ वटा नाका बन्द गर्नका लागि सिफारिस गरेको हो ।

हिजो बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले भारतसँगको नाका बन्द, बैंक तथा वित्तिय संस्थाहरुमा एक चौंथाइ कर्मचारी मात्रै राखेर कार्यालय तथा सेवा सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।

साथै, निर्माण कार्यका हकमा कामदारहरुलाई निर्माणस्थलमै राखेर बाहिर आउजाउ गर्न नपाउने गरी काम गर्न दिन प्रस्ताव गरिएको छ । यस्तै कोरोनाबाट बढि प्रभावित क्षेत्र तथा एक चौथाइ शहरहरुमा ‘लकडाउन’ गर्ने सीसीएमसीले प्रस्ताव गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार