नेकपा एमालेको खेलकुद महासंघमा पदाधिकारी तथा सचिवालय सदस्य मनोनित, बरिष्ठ उपाध्यक्षमा पर्शुराम बस्नेत चयन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  943 पटक हेरिएको

काठमाण्डौँ, बैशाख १८ ।

नेकपा एमालेको दुई धार बिच आन्तरिक संघर्ष चलिरहेको अबस्थामा ओलि समुहले नेपाल खेलकुद महासंघमा पदाधिकारी तथा सचिवालय सदस्यहरु मनोनित गरेका छन । नेकपा एमालेको केन्द्रिय कमिटिको बैठकबाट नेपाल खेलकुद महासंघको केन्द्रिय बरिष्ठ उपाध्यक्षमा पर्शुराम बस्नेतलाई मनोनित गरेको हो । यस्तै केन्द्रिय उपाध्यक्षमा प्रभात कटुवाल, सचिबमा सन्तोष वान्तावा मनोनित गरेका छन । यस्तै नेपाल खेलकुद महासंघको केन्द्रिय सचिवालय सदस्यमा कुमार कटुवाल, कृष्ण गुरुङ्ग, चरण गुरुङ्ग, सितल राय, सन्तोषि श्रेष्ठ, राज श्रेष्ठ, रशिन लामा मनोनित गरिएको छ । यस्तै प्रदेश १ संयोजकमा भने रोहित कोईरालालाई तोकिएको छ ।

नेकपा एमालेको अध्यक्ष तथा प्रधानमन्त्रि के.पी. शर्मा ओलि र बरिष्ठ नेता माधब नेपाल बिच आन्तरिक संघर्ष चलिरहेको छ । यसै क्रममा दुबै समुहले पार्टीभित्र समानान्तर गतिबिधि चलाईरहेको छ भने देशभर समानान्तर कमिटि गठन गर्दै बिभिन्न कार्यक्रम गर्दै आईरहेको छ । नेपाल पक्ष २०७२ साल जेष्ठ ५ बाट पार्टी चल्नु पर्ने माग गर्दै आईरहेको छ भने ओलि समुहले सर्बोच्चको फैसल्ला पश्चात केन्द्रिय महाधिबेशन कमिटि गठन गर्दै स्थायी कमिटि भंग गरि महाधिबेशनको मिति घोषणा गरिसकेको छ । नेकपा एमाले र एकिकृत माओबादी केन्द्रसँग पार्टी एकिकरणबाट बनेको नेकपा भित्र चलिरहेको अन्तसंघर्षबाट सृजित बिबादले उग्र रुप लिदा प्रधानमन्त्रि ओलिद्धारा संसद बिघटन गरेका थिए । संसद बिघटनबाट दुई धारमा बिभाजित हुदै सडक संघर्षमा गएका ओलि समुह र नेपाल समुह पार्टी बिभाजन भई नेकपा एमालेमा रुपान्तर हुदाँ समेत एक हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार