जापान, बैशाख १८ ।
जापान सरकारद्धारा प्रदान गरिने राष्ट्रिय उत्कृष्ठ बिभुषणबाट नेपाली काग्रेसका नेता रामचन्द्र पौडेल बिभुषित हुने भएको छ । नेता पौडेल जापान सरकारद्धारा प्रदान गरिन लागेको ग्राण्ड कोरडोन अफ दि अर्डर अफ दि राईजिन सन नामको बिभुषणबाट बिभुषित हुन लाग्न् भएको हो । उहाँ जापान सरकारले प्रदान गर्ने उक्त बिभुषणबाट सम्मानित हुने पहिलो नेपाली समेत हुनुहुन्छ । नेपाली काँग्रेस पार्टीका बरिष्ठ उपसभापति तथा पूर्व उपप्रधानमन्त्रि समेत रहनु भएका पौडेल नेपाल जापान संसदिय मैत्री संघका संस्थापक अध्यक्ष समेत हुन ।
जापानीज समाचार अनुसार उक्त सम्मानबाट बिभुषित हुनेमा माईक्रोसफ्टका प्रमुख बिल गेट्स समेत रहेको जनाएको छ । जापान सरकारको उक्त बिभुषण देश र जनताको लागि गर्दै आएको सेवाको मुल्याङ्कनको आधारमाप्रदान गर्ने गरेको जनाएको छ । जापानको यो पदकबाट बिभुषित हुनेमा जापानको सर्बोच्च अदालतका पुर्व प्रधानन्यायाधिस, जापानका ब्यापार संगठनका पुर्व अध्यक्ष सहित कयौँ क्षेत्रका प्रमुखहरु रहेको जापानी संचार माध्यम एनएचकेले जनाएको छ ।
यस बर्ष राईजिगं सन बिभुषणबाट ४ हजार १ सय ८१ जना बिभुषित गरिने पनि एनएचके टेलिभिजनले जनाएको छ । जसमा १ सय १७ जना बिदेशी नागरिक रहेको जनाएको छ । उनीहरु बिभिन्न ५७ देशका नागरिकहरु रहेको जनाएको छ ।
माईक्रोसफ्टका प्रमुख जापान सरकारले प्रदान गर्न लागिएको उक्त बिभुषणबाट बिभुषित हुने जानकारी प्राप्त गरेपछि जापान सरकारलाई धन्यबाद समेत दिएका छन । उनले करिब ४० बर्ष पहिले जापानको भ्रमण गरिएको र त्यस यता जापानी ईन्जिनियर र कम्प्युटर प्रोग्रामरहरुसँग नजिक रहेर काम गरिरहेकोले उनर्ला उक्त सम्मानद्धारा सम्मान गर्न लागिएको जनाएको छ । जापान सरकारले उक्त पुरस्कारको शुरुवाति भने सन १८७५ मा जापानी सम्राट मेईजीको शासनकालमा स्थापना गरिएको थियो भने जापान सरकारद्धारा प्रदान गरिने यो सम्मान जापान पहिलो राष्ट्रिय बिभुषण समेत रहेको छ ।