
जापान, बैशाख १८ ।

जापानमा फेरि दुई जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै जापानमा कोरोना सक्रमितको सख्या ६ पुगेको छ । टोकियोको इकेबुकुरो स्थित नेपाली रेष्टुरेन्टमा कायर्रत थप २ पुरूषमा संक्रमण देखिएको स्रोतले बताएको छ । उनीहरूको उपचार भइरहेको बताइएको छ ।
विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपको प्रभाब जापानमा रहेका नेपाली समुदायहरूमा पनि देखिन थालेको छ । टोकियोको इकेबुकुरो स्थित उक्त नेपाली रेष्टुरेन्टमा कायर्रत अन्य २ पुरूषमा यस अघि नै कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
इकेबुकुरोमा ४, खानागावामा १, ईबाराकी केनमा १ महिला गरि जापानमा कोरोना संक्रमित हुने नेपालीको संख्या ६ पुगेको हो । ईबाराकी केनमा संक्रमित भई उपचार गराइरहेकी नेपाली युवती भने निको भई घर फर्किसकेको जनाइएको छ ।




878 पटक हेरिएको 

















