प्रधानमन्त्रीद्वारा नेपाललाई ‘स्पुतनिक–भी’ उपलब्ध गराउन रुस सरकारलाई आग्रह

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  788 पटक हेरिएको

काठमाण्डौँ, बैशाख १७ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले रुसबाट खरीद गर्ने क्रममा रहेको कोभिड–१९ विरुद्धको खोप ‘स्पुतनिक–भी’ तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न रुसी राजदूतलाई आग्रह गर्नुभएको छ । नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सेई नोभिकोभसँग भएको भेटमा प्रधानमन्त्री ओलीले सो आग्रह गर्नुभएको हो ।

राजदूत नेभिकोभसहितका प्रतिनिधिले नेपाललाई खोप उपलब्ध गराउनेतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिनुभएको थियो । औषधि व्यवस्था विभागले ‘स्पुतनिक–भी’ लाई नेपालमा प्रयोग गर्नका लागि अनुमति प्रदान गरिसकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटमा दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासलाई थप गति दिनेबारे पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

पछिल्लो समय नेपालमा पुन कोरोना संकमण तिब्र गतिमा फैलन थालेपछि जनतालाई कोभिड भ्याक्सिन उपलब्ध गराउन बिभिन्न चरणको छलफलमा ब्यस्त देखिन्छ । यस अघि दुई चरणको कोभिड खोप बितरण गरेपनि पर्याप्त नभएको र पुन रुसबाट खरिद प्रक्रियालाई अगाडि बढाउन रुस सरकारलाई अनुरोध गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार