नेकपाको बिबाद उत्कर्षमा, बामदेबलाई प्रधानमन्त्रि बनाउने ओलिको प्रस्ताव

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  863 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, बैशाख १७ ।

नेकपा भित्र देखिएको बिबाद उत्कर्षमा पुगेपछि बुधबार बेलुकि नेकपाको सचिवालय बैठक बसेको थियो । सचिवालय बैठकमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी सकिएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठकमा अघि सारेका छन् । साथै पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने उनको प्रस्ताव छ ।

नेकपामा आन्तरिक विवाद चर्किएका बेला बुधबार साँझ बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो । बैठकमा सुरुमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोल्न दिएका ओलीले बीचमा रोक्दै माधव र बामदेवबारे प्रस्ताव राखेका हुन् । ओलीले अहिले भने प्रधानमन्त्री वा अध्यक्ष कुनै पनि पद त्याग गर्न तयार नभएको बताएका छन् । अहिले आफूले पद त्याग्नु जगहँसाइ मात्र हुने उनको तर्क रहेको छ । सरकारले राम्रो काम गरेको भन्दै ओलीले राम्रा कामको बचाऊ गर्नु सबै पार्टीपंतीका नेताहरुले गर्नुपर्ने बैठकमा बताए ।

पार्टी एकताको भाव मार्नुभयो, प्रधानमन्त्री त्याग्दा राम्रो : प्रचण्ड

ओलीभन्दा अगाडि बोलेका नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीमाथि पार्टी एकताविरुद्ध सक्रिय भएको आरोप लगाएका थिए । पार्टी एकतापछि केन्द्रीय समितिको बैठकलगत्तै ओलीले गुटको भेला गरेर एकताविरोधी काम गरेको तर आफूहरु एकताको त्यान्द्रो समातेर बसेको प्रचण्डले बैठकमा बताए । निकै कडारुपमा प्रस्तुत भएका प्रचण्डले प्रधानमन्त्री ओलीलाई महाथिर वा लि क्वान यू बन्छु भन्ने भ्रम नपाल्ल सल्लाह दिएका छन् । बैठकमा प्रचण्डले भने, ‘म भएको भएइ यस्तोबेलामा प्रधानमन्त्रीबाट राजीनामा दिने थिएँ, बरु राजीनामा गरेपछि जनतामा हाइहाई भइने थियो ।’

पार्टीका अर्का प्रभावशाली वरिष्ठ नेता माधव कुमार नेपाल पछिल्लो समय प्रधानमन्त्रि ओलिले पार्टीको बिधि र पद्धतिलाई बेवास्था गर्दै स्वएक्क्षाचारी ढंगले अगाडी बढेकोले अध्यक्ष र प्रधानमन्त्रि दुबै पदबाट राजिनामा दिनुपर्ने माग समेत गरेका थिए । अर्का नेता झलनाथ खनालले पनि पार्टी पद्धति भन्दा बाहीर गएर आफुखुशि निर्णय गर्दै हिड़ने, पार्टीको निर्णय नमान्ने गर्दा पार्टीको अस्तित्वलाई समेत समाप्त पार्न उद्दित रहेकोले पदमा बसीराख्नूको कुनै औचित्य नरहेको बताएको थियो । अर्का नेता बामदेब गौतमले भने प्रधानमन्त्रिको कुरा सही भएपनि बिश्वास गरीहाल्न भने नसकिने सटीक जाबफ दिएका थिए ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार