बलिउड शोकमा : बलिउडका चर्चित अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  913 पटक हेरिएको

vision-online-advertise

मुम्बइ, बैशाख १७ ।

बलिउड फिल्म उद्योगमा ठूलो शोक परेको छ । अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । उनको मुम्बइस्थित कोकिलाबेन अस्पतालमा निधन भएको हो । उनको स्थिति निकै गम्भीर थियो । रिपोर्टका अनुसार इरफान पेटको समस्याले ग्रस्त थिए । उनलाई कोलोन इन्फेक्सन भएको थियो । निर्देशक सूजीत सिरकारले ट्वीटरमार्फत यसको जानकारी दिएका छन् ।


उनले ट्वीटमा लेखेका छन् ‘मेरा प्रिय मित्र इरफान । तिमी लड्यो अनि लड्यौ अनि लड्यौ । मलाई तिमीमाथि सधैं गर्व रहनेछ । हामी फेरि भेट्नेछौं । सुतापा र बाबिललाई मेरो समवेदना । तिमीले पनि लडाइँ लड्यौ ।’ २ वर्ष पहिले इरफानको न्यूरो इन्डोक्राइन ट्युमर नामको रोगको उपचार भएको थियो ।

निर्देशक सूजीत सिरकारको ट्विट

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार