उपत्यकामा थप १५६१ सहित देशभर ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  107 पटक हेरिएको

काठमाडौँ, वैशाख १६ ।  

पछिल्लो २४ घण्टामा देशभर गरी ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्‍यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा १५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ११ सय २७ जना, भक्तपुरमा १८२ जना र ललितपुरमा २५२ जना कोरोना संक्रमित भेटिएका जनाएको हो । सरकारले कोरोना संक्रमण नियन्त्रणको लागि भन्दै आजबाट निषेधाज्ञा जारी गरेको छ भने अत्यावश्यक परेमात्र जनतालाई घरबाहिर निष्कन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार