सरकारले जारी गरेको आदेशको पूर्ण पालना गर्न उपराष्ट्रपति पुनको आग्रह

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  589 पटक हेरिएको

काठमाडौं, बैशाख १६ ।

नेपालमा दोस्रो पटक पुनः कोरोना भाईरसको संक्रमण बढ्न थालेपछि उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना रोकथामका लागि सरकारले जारी गरेका नियमको पूर्ण पालना गर्न जनतालाई अपिल गर्नुभएको छ । आज एक सन्देश जारी गर्दै उहाँले आफू पनि सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न आम नागरिकमा अपिल गर्नुभएको हो ।

कोरोना भाइरसविरुद्धको सङ्घर्ष सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासले मात्रै नजितिने जनाउँदै उहाँले यसमा आम जनताको पनि पूर्ण साथ र सहयोग चाहिने बताउनुभएको हो। “जस्तोसुकै अप्ठ्याराहरुमा धैर्य गर्ने र उच्च मनोबलका साथ चुनौतीको सामना गरेर परिस्थितिलाई अनुकुलतामा बदल्ने हाम्रो विगत हो”, उहाँले सन्देशमा भन्नुभएको छ ।

निषेधाज्ञा अवधिमा कोरोना भाइरस परीक्षणलाई तीव्र बनाउन र सङ्क्रमितको प्रभावकारी उपचार गर्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपतिले अक्सिजनलगायत अत्यावश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्न तथा प्रभावित क्षेत्रमा थप चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई व्यवस्थित रूपमा तीव्र बनाउनसमेत आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार