कोरोना संक्रमित पूर्व रानी कोमलको अवस्था गंभीर, नर्भिक हस्पिटलको आईसियुमा सारियो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  450 पटक हेरिएको

 काठमाडौँ , बैशाख १६ ।  

भारतको धार्मिक मेलामा सहभागी भई फर्किए लगत्तै कोरोना संक्रमित पाईएकी पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्था गंभीर बनेको छ । उनलाई शरीरमा अक्सिजनको मात्रा कम देखिएपछि नर्भिक अस्पतालको आईसियुमा राखेर उपचार भईरहेको छ । बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै अस्पतालले श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको जनाएको छ ।

अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । विज्ञप्तिमा भनिएको छ । सोही अस्पतालमा उपचार भईरहेका पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य रहेको जनाईएको छ । पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य भएकाले अक्सिजनको सपोर्ट दिनु नपरेको बतार्इएको छ । पूर्व राजाको परिवार बैशाख ११ गतेदेखि नै नर्भिकमा भर्ना भएर उपचार गराईरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार