खिमविक्रमको बिज्ञप्तिमार्फत स्पष्टीकरण, पार्टीको निर्णयप्रति प्रतिवद्ध छु

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  450 पटक हेरिएको

काठमाडौं, वैशाख १६ ।  

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आफू पार्टी र संसदीय दलको निर्णयप्रति प्रतिवद्ध रहेको बताएका छन् । आफ्नो स्वाथ्यमा सुधार आइरहेको भन्दै उनले थप स्वस्थ भएपछि आफ्नो विषयमा उठेका प्रश्नहरुबारे प्रष्ट पार्ने समेत बताए ।

बुधबार प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि मतदान गर्ने तयारी भइरहँदा प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएका थिए । त्यही कारण सभामुखले प्रदेशसभा बैठक स्थगित गरेका थिए ।

तर शाही चरक अस्पतालको आईसीयूमा भर्ना भएको भेटिएको छ । प्रदेशसभाले गरेको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ भएपनि एक निजी ल्याबमा गराएको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । शाहीले पनि सदनमा जाने तयारी गरिरहेका बेला अचानक बिरामी भएको र भाइले अस्पताल लगेको बताएका छन् । शुक्रबार अस्पतालबाट वक्तव्य जारी गर्दै राष्ट्रिय जनमोर्चाका सांसद शाहीले भनेका छन्, ‘म अहिले उपचाररत छु, हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसुस गरेको छु ।’

आफ्नो विषयमा भ्रमक प्रचार भएको समेत उनले बताएका छन् । पार्टी र संसदीय दलबाट भएको निर्णयमा आफ्नो पनि सहभागिता रहेको भन्दै उनले भनेका छन्, ती निर्णयहरुप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पार्टी निर्णयप्रति प्रतिवद्धता कायमै छ ।’

राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा०ले दर्ता गरेको अविश्वास प्रस्तावको समर्थन गर्ने निर्णय गरेको छ । शाहीको मतबाट मात्र बिपक्षको स्पष्ट बहुमत हुने भएकोले पनि निजको सम्पर्क बिहिनले गण्डकी प्रदेशको राजनितिक तातिएको हो ।

खिमबिक्रम शाहीद्धारा जारी बिज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार