जापान, बैशाख १६ ।
नेपाल तामाङ्ग समाज जापान, क्युशु क्षेत्रिय कार्यसमितिको पाँचौँ क्षेत्रिय अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ । केन्द्रिय कार्यसमितिका उपाध्यक्ष गिर बहादुर तामाङ्ग ज्युको प्रमुख अतिथिमा सम्पन्न नेपाल तामाङ्ग समाज जापान, क्युशु क्षेत्रिय कार्यसमितिको पाँचौ अधिबेशन भब्य रुपमा सम्पन्न भएको हो । आज फुकुओका स्थित मिनोसिमा फ्यामिलिमार्टको हलमा भएको क्युस्यु क्षेत्रिय कार्यसमितिको पाँचौ अधिबेशनबाट अध्यक्ष बिक्रम घिसिङ्गको नेतृत्वमा नयाँ २०२३/०२५ कार्यकालको लागि नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो । क्युस्यु क्षेत्रमा बसोबास गर्दै आईरहेका तामाङ्ग समुदायको नेतृत्व गर्दै आईरहेको नेपाल तामाङ्ग समाज जापान, क्युशु क्षेत्रिय कार्यसमितिले एक अध्यक्ष, एक महिला उपाध्यक्ष सहित ३ जना उपाध्यक्ष, १ सचिब, २ सह–सचिब, १ कोषाध्यक्ष, १ सह–कोषाध्यक्ष र १२ प्रत्यक्ष सदस्य रहेको नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन गरेको हो ।
क्युस्यु क्षेत्रमा संगठनात्मक रुपमा राम्रो उपस्थिति तथा संस्थागत रुपमा राम्रो काम गर्दै आईरहेको अध्यक्ष आशिष योञ्जनको अध्यक्षता, नेपाल तामाङ्ग समाज जापान, केन्द्रिय कार्यसमितिका उपाध्यक्ष तथा प्रमुख अतिथि गिर बहादुर तामाङ्गको प्रमुख अतिथि, तामाङ्ग समाज क्युशुका संस्थापक अध्यक्ष तथा संरक्षण बिष्णु बहादुर तामाङ्गको बिशेष अतिथि, एनआएनए आईसिसिका युवा संयोजक तथा नेफिन क्युशुका संरक्षण सुपेन्द्र घिसिङ्गको बिशिष्ठ अतिथि र नेफिन क्युशुका अध्यक्ष सन्तमान शाक्य र फुनेसो अध्यक्ष ईन्द्र घलेको अतिथिमा पाँचौ अधिबेशन सम्पन्न गरेको हो । क्युस्यु क्षेत्रिय कार्यसमितिका सचिब नयन कुमार तामाङ्गको सक्रियता र संचालनमा भएको क्युस्यु क्षेत्रको पाँचौ अधिबेशनमा नेपाल आदिबासी जनजाती महासंघका अग्रज ब्यक्तित्वहरु, क्युस्यु क्षेत्रका बिभिन्न संघसंस्थाका संयोजक तथा प्रतिनिधिहरुको उपस्थिति र फुकुओकाबासी तामाङ्ग समुदायको उल्लेख्य उपस्थितिमा अध्यक्ष बिक्रम घिसिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
क्युस्यु क्षेत्रिय कार्यसमितिद्धारा निर्माण गरिएको निर्वाचन कमिटिका संयोजक बिष्णु बहादुर तामाङ्ग, सदस्यहरु सुपेन्द्र घिसिङ्ग र सन्तमान शाक्य सदस्य रहने गरि गठन गरिएको निर्वाचन कमिटिले आह्वान गरिएको उम्मेद्धारीमा क्षेत्रिय पदाधिकारीहरुको पदमा उम्मेद्धारी धेरै आएको र सबै सक्रिय सदस्यहरुलाई समान सहभागितालाई मध्यनजर गर्दै केहि पदहरु बिधान संशोधन मार्फत थप्ने गरि केन्द्रिय कार्यसमितिका उपाध्यक्ष तथा प्रमुख अतिथि गिर बहादुर तामाङ्ग र निर्वाचन कमिटिको सहमतिमा केन्द्रिय बिधानको अधिनमा रहि नयाँ कार्यसमिति गठन गरिएको नवनिर्वाचित अध्यक्ष बिक्रम घिसिङ्ग ज्युले बताउनु भयो । पदाधिकारी पदमा उल्लेख्य मात्रामा उम्मेद्वारी परेको र त्यसको व्यवस्थापन गर्नको लागि कार्यसमितिको सहमति बामोजिम निर्वाचन कमिटीले १ उपाध्यक्ष र १ सह-सचिव थप गरी २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा घोषणा गरीएको थियो ।
आज भएको नेपाल तामाङ्ग समाज जापान, क्युस्यु क्षेत्रिय कार्यसमितिको नयाँ कार्यसमितिको अध्यक्षमा बिक्रम घिसिङ्ग, उपाध्यक्षमा नयन कुमार तामाङ्ग, असल मोक्तान र महिला उपाध्यक्षमा सिर्जना घिसिङ्ग, सचिबमा बिशाल जिम्बा तामाङ्ग, सह–सचिबमा सन्तोष लामा र राजु माम्बा, कोषाध्यक्षमा ओसिन तामाङ्ग, सह–कोषाध्यक्षमा मिलन लानोन्चा, सदस्यहरुमा अञ्जली लोप्चन, युवराज योञ्जन, राजकुमार रुम्बा, हिमाल तामाङ्ग, राजन स्याङ्गबो, सुरेश ब्लोन तामाङ्ग, जोनेश लामा, दिनेश तामाङ्ग, अशोक घिसिङ्ग, सुरेश तामाङ्ग, टेकराम थिङ्ग र निक्मा घिसिङ्ग सहितको २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । नवनिर्वाचित नेपाल तामाङ्ग समाज जापान, क्युस्यु क्षेत्रिय कार्यसमितिलाई भिजन अनलाईन न्युज परिवार हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना ब्यक्त गर्दछ ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।
नेफिन क्यूशुको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा सन्तमान शाक्य र सचिवमा प्रदीप राई निर्वाचित