राष्ट्रिय जनमोर्चाका सांसद हराएपछि गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  508 पटक हेरिएको

पोखरा, वैशाख १५ ।  

गण्डकी प्रदेश सरकार अल्पमतमा परेसँगै सरकार समर्थित दल नै बिभिन्न अनौठो र गैर जिम्मेवारी पूर्ण हर्कत देखाउदै आईरहेको छ । मुख्यमन्त्रि गुरुङ्ग बिरुद्ध बिपक्षीले अबिश्वासको प्रस्ताब पेश गरेसँगै यस्ता गतिबिधिमा सरकार पक्ष नै अगाडी देखिन्छ । पछिल्लो समय कोरोना परिक्षण नगरी संसद बैठक बस्न नसकिने भन्दै नेकपा एमालेका प्रदेश सांसद पहाडीले सांसद बैठक स्थगितको माग गर्दै बिरोध गरेका थिए ।

आज पुनः गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशसभाको बैठक पुनःस्थगित गरिएको छ । सभामुख नेत्रनाथ अधिकारीले राजमो संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र दिएको भन्दै उक्त विषय सम्बोधन नगरी बैठक बस्नु उपयुक्त नहुने भन्दै अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाका तीन सांसदमध्ये शाही सम्पर्कविहीन भएको भन्दै उनको अवस्था सार्वजनिक गर्न माग गर्दै जनमोर्चा संसदीय दलकी सचेतक पियारी थापाले बुधबार नै प्रदेशसभामा पत्र दिएकी थिइन् । प्रदेशसभा सदस्य शाहीको खोजी गर्न माग गर्दै थापाले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री रामशरण बस्नेतलाई पनि पत्र दिएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार