चितवन, वैशाख १५ ।
स्थानीय निकायको निर्वाचन नाजिकिदई गर्दा गठबन्धन भित्र तिब्र असंतुष्टि देखीएको छ । गठबन्धन भित्र असंतुष्टिका कारण प्रायःज़िल्लामा बागि उम्मेद्वारि देखिएको छ । यस्तै चितवन ज़िल्ला अहिले सबैको ध्यानको केन्द्रित भएको छ । चितवन महानगर पालिकाको मेयर पदमा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्री रेणु दहाल गठबन्धनको साझा उम्मेद्वारि हुन तर नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले रेणु दाहालको विरूद्ध बागि उम्मेद्वारि दिएसंगै भरतपुर महानगरपालिका पुन चर्चामा आएको छ । निजलाई उम्मेद्वारि फिर्ता गराउन नेपाली कांग्रेस सभापति देखी नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड समेत लागेका छन ।
नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँण, भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई भेट्न उनकै निवासमा पुगेका छन् ।
खाँणलाई प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले चितवन पठाएका हुन् । बुधबार साँझ जिल्लाका नेताहरुलाई भेटेर छलफल गरेका खाँण बिहीबार बिहान पौडेललाई भेट्न उनकै निवासमा पुगेका हुन् । त्यसअघि राज्यमन्त्री उमेश श्रेष्ठ पनि बागी उम्मेदवार पौडेललाई भेट्न पुगेका थिए । तर पौडेलले भने उम्मेदवारी फिर्ता नलिने अडान लिएका छन् ।