ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  536 पटक हेरिएको

काठमाडौं, बैशाख १४ ।  

नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ। गृहजिल्ला अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएपछि स्वाब परीक्षण गर्दा मन्त्री रायमाझी कोरोना संक्रमित पुष्टि भएका हुन्‌। मन्त्री रायमाझीको अहिले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको उनको सचिवालयले जानकारी गराएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार