पूर्व सचिब केदार न्यौपाने औपचारिक रूपमा राप्रपा नेपाल प्रबेश, अध्यक्ष लिङदेन लगायतका नेताद्वारा स्वागत

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  265 पटक हेरिएको

काठमाडौं, बैशाख १२ ।  

नेपाल सरकारका पूर्वसचिव केदार न्यौपाने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)मा प्रवेश गरेका छन् । भरखरै नेपाल सरकारको सचिब पदबाट सेवा निर्बृत भएका पूर्व सचिब न्यौपाने आधिकारिक रूपमा नै राष्ट्रीय प्रजातंत्र पार्टी नेपाल प्रबेश गरेका हुन । निज पूर्व सचिब न्यौपाने एमाले समर्थितको रूपमा चिनीदई आएका थिए ।

धुम्बाराहीस्थित पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताले न्यौपानेलाई राप्रपामा स्वागत गरेका छन् । अध्यक्ष लिङ्देनले मंगलबार सदस्यता दिएर उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा पूर्व अध्यक्ष पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, नेताहरू दिपक बोहरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर लगायतका नेताहरूले न्यौपानेलाई पार्टीमा स्वागत गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार