जापानमा कोरोना भाइरसबाट निधन हुनेको संख्या १० हजार नाघ्यो, दैनिक ५० भन्दा बढीको निधन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  132 पटक हेरिएको

जापान, बैशाख १४ ।   

जापानको ओसाका टोक्यो आसपासको क्षेत्रमा कोरोना संक्रमण महामारीको रुपमा फैलिएको छ । जापानमा आईतबार बेलुकिसम्म कोरोना भाइरस महामारीबाट निधन हुनेको संख्या १० हजार पुगेको छ । जापानको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अप्रिल २६ तारिख मध्यान्हसम्ममा मृत्यु हुनेको संख्या १० हजार पार भएको हो ।

एनएचके समाचार संस्थाका अनुसार जापानभित्रै आन्तरिक रुपमा कोभिड–१९ भाइरस संक्रमण भएर निधन हुनेको संख्या १० हजार नाघेको जनाएको छ । यस बाहेक जापानमा योकोहामा डाइमण्ड प्रिन्सेस क्रुजमा ७१२ जना संक्रमित भएकामा १३ जनाले ज्यान गुमाएका छन् । जापानमा महिनादिन यता भाइरस संक्रमण बढ्दै जाँदा गम्भिर बिरामी हुनेको संख्या पनि दिनप्रति दिन बढिरहेको छ ।

हाल देशभर ८ सय ५० भन्दा धेरै गम्भिर बिरामी छन् भने दैनिक मृतकको संख्या ५० बाट उकालो लाग्न थालेको छ । जापानमा हालसम्म ५ लाख ७२ हजार कोरोना संक्रमित पुगेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार