सम्पुर्ण परीक्षा स्थगित गर्न सीसीएमसीको सरकारलाई सिफारिस

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  558 पटक हेरिएको

काठमाडौं, वैशाख १२ ।   

 

भारतमा कोरोना भाईरस कोभिड-१९ भयाबह हुदै जादाँ त्यसको जोखिम नेपालमा उच्च भएको छ । पुन नेपालमा पनि कोरोना संक्रमण बढ्न थालेपछि सरकार पुन लकडाउनको अबस्थामा पुगेको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबार देखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ । यो सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन् ।

यसअघि मन्त्रिपरिषद बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो । तर परीक्षाका नाममा भीडभाड भएको र कक्षा सञ्चालन भएको भन्दै सीसीएमसीले सबै परीक्षा रोक्ने निर्णय गरेको स्रोतको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार