हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द रहने उच्च स्तरीय समितिको निर्णय

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1239 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, बैशाख १३ ।

नोबेल कोरोना भाईरसबाट हाल बिश्व घोषित तथा अघोषित रूपमा लकडाउनको अवस्थामा रहेको छ । नेपाल पनि पूर्ण लकडाउनको अबस्थामा गूज्रीरहेको छ भने अन्तराष्ट्रिय उडान पनि पूर्ण बन्द नै छ । यो प्रक्रिया अझ लम्बिने भएको छ । अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द रहने भएको छ । कोभिड(१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकबाट तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको हो ।

‘हवाई उडानहरु अप्रिल ३० सम्म स्थगित थियो । यसलाई १५ सम्म लम्ब्याउने निर्णय भएको छ, प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले पत्रकारहरूलाई बताएका छन ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार