धादिङमा गठबन्धनका तीन दलबिच सहमति, नेपाली कांग्रेसलाई नीलकण्ठ सहित ८ पालिका प्रमुखमा सहमति

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  326 पटक हेरिएको

धादिङ, बैशाख १२ । 

धादिङमा तीन दलबीच गठबन्धनको टुंगो लागेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच जिल्लाको नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदको भागबन्डामा सहमति जुटेको हो । जिल्लामा दुई नगरपालिका र ११ वटा गाउँपालिका छन् । केन्द्रको निर्देशन बमोजिम नेकपा एस र माओबादी केन्द्रलाई समान बर्गमा राखी सहमति गरिएको जनाईएको हो सोही बमोजिम नेकपा एसले २ र माओबादी केन्द्रले ३ पालिका प्रमुख र नेपाली कांग्रेसले नगरपालिका सहित ७ पालिका लिने गरी सहमति गरीएको हो ।

कांग्रेसले ८ प्रमुख र ४ उपप्रमुख, नेकपा माओवादीले ३ प्रमुख र ५ उपप्रमुख, समाजवादीले २ प्रमुख र ४ उपप्रमुख लिएर जिल्लास्तरीय गठबन्धनमा हस्ताक्षर गरेका हुन् । जिल्ला समन्वय समितिको प्रमुखमा माओवादी र उपप्रमुखमा समाजवादीले लिने भएका छन् ।

प्रदेशस्तरीय ५ दलीय गठबन्धनको निर्णयबमोजिम नै नगरपालिकाको प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षको टुंगो लगाइएको एकीकृत समाजवादी धादिङका सचिव सुवास खतिवडाले बताए । सहमतिपत्रमा कांग्रेसका सभापति रामनाथ अधिकारी, माओवादी केन्द्रका जिल्ला इन्चार्ज सालिकराम जम्कट्टेल र एकीकृत समाजवादीका जिल्ला इन्चार्ज गुरुप्रसाद बुर्लाकोटीले हस्ताक्षर गरेका छन् ।

वडामा तहमा भने स्थानीयस्तरमै मिलाउने सहमति गरिएको छ । पालिकाको प्रमुख र उपप्रमुखमा दलहरुको टुंगो लगाए पनि उम्मेदवारको भने टुंगो लगाउन सकेको छैन । उम्मेदवार टुंग्याउन दलहरु आन्तरिक छलफलमा व्यस्त छन् । वडाको हकमा वडास्तरमा गठबन्धनमा रहेका दलहरुबीच २०७४ सालमा आएको मतभारलाई आधार मानी भागबन्डा गरेर भोलिसम्म टुंग्याइने नेताहरुले बताएका छन् । धादिङमा प्रमुख मानिएको नेकपा एमाले भने अब एक्लै चुनाव लड्नु पर्ने स्थितिमा छ ।

सहमतिको सम्झौता पत्र तल साभार गरीएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार