धादिङको पृथ्वी राजमार्ग अन्तगत थाक्रे गाउँपालिका ७ जुंगेखोलामा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  176 पटक हेरिएको

धादिङ, बैशाख ११ । 

धादिङको पृथ्वी राजमार्ग अन्तगत थाक्रे गाउँपालिका ७ जुंगेखोलामा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ आउदई गरेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको हो । दुर्घटनामा कारमा सवार ५ जनाको घटनास्तलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङकाले जनाएको छ ।

तिव्र गतिमा रहेको कारले ट्यक्सीलाई ओभरट्याक गर्दा बससंग ठोकीएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा कारका चालक तनहुँको खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारतको उत्तरप्रदेशका ४० वर्षीय बिमलचन्द्र अग्रवाल, ३५ वर्षीय साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल, ५५ वर्षीय राकेश अग्रवालको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । घाइते भएका उनीहरुको उपचारका क्रममा चालक डिलबहादुर र बिमलचन्द्रको टिचिङ अस्पताल र अन्यको ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

बसमा सवार धादिङ नीलकण्ठ नगरपालिका ११ का २४ वर्षीय राम परियार घाइते भएका छन् । निज घाइतेको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । मृत्यु भएकाहरु चारजना एउटै गाउँको रहेको पनि प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार