वर्षाका कारण नेपाल र साउदीबीचको खेल रद्द, नेपाल सेमिफाइनलमा प्रवेश

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  115 पटक हेरिएको

काठमाडौं,वैशाख ११ ।

नेपाल स्थित काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटको नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगीता अन्तर्गत आजको खेल वर्षाको कारण रद्द भएपछि साउदी अरबसँग एक-एक अंक बाढ्दै नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो ।

मूलपानी क्रिकेट मैदानमा हुने आजको खेलमा लगातार रुपमा वर्षा भएपछि खेल रद्द गर्न हो । दुई समुहमा विभाजन गरी खेलाईएको खेलमा समुह ‘ए’ मा रहेको नेपाल तीन खेलमा ५ अंक जोड्दै शीर्ष स्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको हो ।

नेपालसँगै समुह ए बाट ओमान सेमिफाइनल पुग्ने प्रवल संभावना रहेको छ । अब नेपालले बिहीवार कतारसँग खेल्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार