कर्णालीमा फ्लोर क्रस गर्ने नेपाल पक्षका चार सांसदलाई निष्कासन गर्ने एमालेको निर्णय

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  591 पटक हेरिएको

काठमाडौं, वैशाख १० ।  

नेकपा एमालेले कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने चार जना सांसदलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक समितिले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई निष्कासन गर्ने निर्णय गरेको हो ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दा यी चार जनाले एमाले संसदीय दलको निर्णयविरुद्ध शाहीलाई मत दिएका थिए । पहिले शाहीलाई मत दिएर पछि सच्याउने देवी ओलीलाई थप स्पष्टीकरण सोध्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । नेकपाबाट सुरु भएको पार्टी भित्रको अन्तरसंघर्ष नेकपा बिभाजन हुदाँ समेत नेकपा एमाले भित्र स्पष्ट देख्न सकिन्छ ।

नेकपा एमाले भित्र अध्यक्ष ओलि र बरिष्ठ नेता नेपाल बिच चर्को अन्तरसंघर्ष चलिरहेको छ । त्यस कै फलस्वरुप कर्णाली प्रदेश सरकारमा नेकपा एमाले नेपाल समुहका चार सांसदले फ्लोर क्रस गरी मुख्यमन्त्रि शाहीको पक्षमा मतदान गरी शाही सरकारलाई जोगाई दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार