नेपालमा हालसम्म ४५ जनामा संक्रमण, ७ जना संक्रमित निको भएर घर फर्किए

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  668 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, वैशाख १० ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५ पुगेको छ । हालसम्म ९०११ जनामा गरिएको परिक्षणमा ४५ जनामा भने संक्रममण देखिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएका ‘पीसीआर’ नमुनामध्ये तीनजनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो । थपिएकाहरु तीनैजना पुरुष हुन् । २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरुष संक्रमित भएका हुन्। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बुधबार नियमित पत्रकार सम्मेलनमा बताउनुभयो ।


हालसम्म ७ जनालाई निको भए

त्यसैगरी, अहिलेसम्म सातजना संक्रमितहरु उपचारपछि निको भइ घर फर्केका छन् । बुधबार टेकु अस्पतालबाट ३२ वर्षीय पुरुष र सेती प्रादेशिक अस्पतालबाट ४० वर्षीय पुरुष गरी दुई जना ‘डिस्चार्ज’ भएका छन् । मंगलबार सेती अस्पतालबाटै २७ वर्षीय एक युवक डिस्चार्ज भएका थिए ।

अहिलेसम्म पीसीआरबाट ९ हजार ११ जनालाई परीक्षण गरिएको डा। देवकोटाले बताउनुभयो । त्यस्तै, ‘आरडीटी’बाट ३१ हजार ४२० गरी जम्मा परीक्षणको संख्या ४० हजार ४३१ पुगेको छ । मन्त्रालयले पछिल्लो २४ घन्टामा तीन हजार ७३६ ओटा परीक्षण गरिएको पनि बताएको छ ।

८ हजार ५९५ जना ‘क्वारेन्टाइन’मा रहेको बताउँदै डा देवकोटाले काठमाडौंमा तीनसहित ९५ जना क्वारेन्टाइनमा बसेको जानकारी दिए । हाल २६९ जना ‘रेड जोन’मा परेका छन् । स्वास्थ्य मन्त्रालयले १८ प्रकारका औषधि २३ टन भारतबाट प्राप्त गरेको र चीनबाट पीसीआर मेसिन दुईओटासहितका स्वास्थ्य सामग्री तातोपानीबाट ल्याउँदै गरेको पनि बताएको छ ।

कोरोना भाइरसका सम्बन्धमा आवश्यक विभिन्न सूचनाहरु हामीले निरन्तर प्रकाशन गर्दै आइरहेका छौं । हाम्रो फेसबुकपेज भिजन अनलाईन न्युज (फेसबुक फलोको लागि यहाँ), (ट्विटर फलोको लागि यहाँ) (भिजन टि भि च्यानल सब्सक्राईबको लागि यहाँ क्लिक गर्नुहोला)लाई निरन्तर फलो गर्नुहोला ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार