जापान, चीन, अष्ट्रेलियासहित ५ देशमा वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1127 पटक हेरिएको

काठमाडौं, वैशाख ८ ।  

सरकारले पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र ९नो अब्जेक्सन लेटर० जारी गर्न बन्द गरेको छ । बुधबारदेखि जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव नारायणप्रसाद पोख्रेलले जानकारी दिएका छन् ।

मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै कोरोना संक्रमणको नयाँ भेरियन्ट फैलिरहेको र सरकारले हालै कोभिड–१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी गरेकाले ती ५ देशमा तत्कालका लागि नयाँ ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने कार्य स्थगित गरेको जनाएको छ ।

वैदेशिक अध्ययन अनुमति पत्र दिन बन्द गरिएका ५ देश धेरै नेपाली विद्यार्थी अध्ययनका लागि जाने देश हो । मन्त्रालयले ती देशमा नै अध्ययन गरिरहेका विद्यार्थीको हकमा भने वैदेशिक अध्ययन स्वीकृतिपत्र दिइने बताएको छ ।

शिक्षा मन्त्रालयद्धारा जारी बिज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार