काठमाडौं, बैशाख ८ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषद्ले सिफारिस गरेको दुई अध्यादेश जारी गरेकी छन् । राजनीतिक दल सम्बन्धी ९दोस्रो संशोधन० अध्यादेश २०७७ र संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ राष्ट्रपति भण्डारीले आज जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको जनाएका छन् ।
सोमबार दिउँसो मन्त्रिपरिषद् बैठकले यी दुवै अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत मत पुर्याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा भने परिषद् बैठक बस्न प्रमुख प्रतिपक्षी दलका नेताविनै संवैधानिक परिषद्को बैठक बस्न र निर्णय गर्न सकिने व्यवस्था गरिएको छ ।
आकस्मिक रूपमा दलसम्बन्धी अध्यादेश जारी भएपछि राजनीति एकाएक गर्माएको छ । उक्त अध्यादेशबाट नेकपा भित्रै तरंग पैदा भएको छ । उक्त अध्यादेशका कारण नेकपाको आकस्मिक बैठक समेत बसेको थियो तर राष्ट्रपति कार्यालयबाट नेकपा बैठक कै बिच अध्यादेश स्वीकृत समेत भईसकेको प्रधानमन्त्रिबाट नै जानकारी पाए पछी नेताहरू भने यस बिषयमा पार्टी भित्र छलफल नै नगरी अध्यादेश ल्याईएकोमा तिव्र असंतुष्टि जनाएका थिए ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्ति