बिश्वभर कोरोना संक्रमणबाट २८ नेपालीको निधन, संक्रमित नेपालीको संख्या ११३५ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  890 पटक हेरिएको

vision-online-advertise

काठमांडौ, बैशाख ८ ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या २८ पुगेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा २ र आयरल्याण्डमा १ जनाको निधन भएको हो । स्वास्थ्य उपसमितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर करीव १,१६६ गैरआवासीय नेपाली हाल सम्म कोरोनाबाट संक्रमित छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ तथा चिकित्सक समूहले तयार पारेको आँकडानुसार २१ देशमा रहेका नेपाली कोभिड –१९ बाट संक्रमित रहेका छन ।


नेपालमा भने १९ हजार ५५४ जनामा परीक्षण गरिएकामा ३१ जनामा कोरोना संक्रमण देखिएको छ भने चार जना कोरोनामुक्त भई घर फर्किसकेका छन् ।संक्रमित हुने विदेशमा बसेका नेपालीमा अमेरिकामा करीब ७ सय, बेलायतमा २ सय, संयुक्त युएईमा ७१, बहराइनमा ४९, आयरल्याण्ड र पोर्तुगलमा २२–२२, कुवेतमा २१, अष्ट्रेलियामा ११, स्पेनमा १०, स्विट्जरल्याण्डमा ५, जर्मनी, बेल्जियम र साउदी अरबमा चार चार, क्यानडा र मलेसियामा तीन तीन, माल्टामा दुई तथा फ्रान्स, जापान, म्यान्मार र हंकंमा एकएक जना रहेको उपसमितिले जनाएको छ ।

विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक र कूटनीतिक नियोग, राष्ट्रिय समन्वय परिषदहरु तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर यो आँकडा तयार पारिएको स्वास्थ्य उपसमितिले जनाएको छ । विदेशमा कोरोना भाइरसबाट मृत्यु भएकाहरुको परिवारको सहयोगार्थ एनआरएनले आफ्ना राष्ट्रिय समन्वय परिषदहरुलाई परिचालन गरेको गैर आवासिय नेपाली संघले जनाएको छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार